काठमाण्डूमा भूकम्पको धक्का

रमेश हतुवाली/काठमाण्डू । काठमाण्डू उपत्यका लगायत देशभर भख्खरै भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रवीन्दू र प्रभावबारे कुनै जानकारी प्राप्त भएको छैन ।
हाम्रा स्थानीय सम्वाददाताहरुका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका मोरंग, झापा, इलाम, धनकुटा, उदयपृुर लगायतका जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको छ । त्यसैगरी नेपालका अतिरिक्त भारत र चीनमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।
भूकम्प मापन अन्तर्राष्ट्रिय केन्द्रले ५.४ रिक्टर स्केलको भूकम्प गएको उल्लेख गरे पनि भूकम्पको केन्द्र विन्दूवारे केही लेखेको छैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ०३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय