RayNewsDaily
सिन्धुपाल्चोकलाई केन्द्र विन्दू बनाएर भूकम्प

रमेश हतुवाली/काठमाण्डू । काठमाण्डू उपत्यका लगायत देशका विभिन्न क्षेत्र साथै भारत र चीनमा समेत भख्खरै महसुश गरिएको भूकम्पको केन्द्र विन्दू सिन्धुपाल्चोक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको तिब्रता ६.१ रिक्टर स्केल रहेको केन्द्रले जनाएको छ ।

आज बिहान २ बजेर ५१ मिनेट जाँदा सो भूकम्पको धक्का महशुस गरिएको हो । मस्त निद्रामा रहेका मानिसहरु भूकम्पको धक्कासँगै झस्किएका थिए । भूकम्पले पुर्याएको क्षतीवारे जानकारी प्राप्त भएको छैन ।

हाम्रा स्थानीय सम्वाददाताहरुका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका मोरंग, झापा, इलाम, धनकुटा, उदयपुर लगायतका जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । 

record-Bhukampa-1740693650.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update