RayNewsDaily
नेपाल प्रहरीको सामूहिक सांगितिक कन्सर्ट  सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । नेपाल प्रहरी संगीत विद्यालय र द ब्याण्ड अफ द ब्रिगड अफ गोर्खाज, बेलायतले काठमाण्डूमा संयुक्त रुपमा विशेष समारोहबीच सांगितिक प्रस्तुती गरेका छन् । 

Nepal-Police-Musical-Programme-13-1740997748.jpg
प्रर्दशनी मार्गस्थित नेपाल पुलिस क्लवमा आज दिउसो आयोजित सो भव्य सांगितिक समारोहमा एक दर्जन भन्दा बढी मनमोहक तथा रोमाञ्चक धुनहरु प्रस्तुत गरिएको थियो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न सो भव्य सांगितिक समारोहमा नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी निरीक्षक रमन बहादुर पल्ली मगरको व्याण्ड, एसपी भुलाराज खनालले नेतृत्व गर्नुभएको ब्याण्ड, द ब्याण्ड अफ द ब्रिगड अफ गोर्खाजका क्याप्टेन एस्थर हायसले नेतृत्व गर्नुभएको व्याण्ड र सोही सांगितिक समूहका क्याप्टेन सुनील गुरुङले नेतृत्व गर्नुभएको व्याण्डले संयुक्त रुपमा नेपाली, अंग्रेजी लगायतका प्रसिद्ध धुनहरु प्रस्तुत गर्नुभएको थियो ।  

Nepal-Police-Musical-Programme-9-1740997786.jpg
समारोहमा नेपाल र बेलायतका राष्ट्रिय धुन, फ्यासिनेसन फ्यानफियर, लाईट क्याभाल्री, नेपाली संगालो, यु गर्ल लभ, मोहनी लाग्ला है, मन मगन, ७९ औं फेयरवेल टु गिब्राल्टार, गन फ्लाई नाउ, लेडी गागा, द गिएल र यो नेपाली शिर उचाली लगायतका गीतका सुमधुर संगित प्रस्तुत गरिएको थियो । 

Nepal-Police-Musical-Programme-8-1740997853.jpg

सो समारोहमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी नायब उपरीक्षकहरू, समाजसेवी, उच्च पदस्थ कर्मचारीहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

Nepal-Police-Musical-Programme-10-1740997886.jpg
सो भव्य समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मायाको चिनो आदान प्रदान समेत गर्नुभएको थियो । समारोहमा सरिक भएका महानुभावहरुले यस्ता सांगितिक प्रस्तुतीबाट दुई देशबीचको मैत्रीपूर्ण सांगितिक तथा राजनीतिक सम्बन्ध अझ प्रगाढ हुने बताएका छन् । 

Nepal-Police-Musical-Programme-3-1740997923.jpg
वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय ब्याण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम र विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्दै आएको छ । त्यसैगरी ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै ब्याण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू पनि हुने गरेका छन् ।  

Nepal-Police-Musical-Programme-1-1740997947.jpg
Nepal-Police-Musical-Programme-6-1740997980.jpg
Nepal-Police-Musical-Programme-14-1740998028.jpg
Nepal-Police-Musical-Programme-11-1740998055.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update