
काठमाण्डू । चीनमा माथिल्लो सदनका रुपमा स्थापित चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन सुरु भएको छ ।
चीनको राजधानी पैचिङस्थित जन बृहत् सभा भवनमा आज स्थानीय समय अनुसार दिउसो ३ बजे सो अधिवेशन सुरु भएको हो । अधिवेशनमा आर्थिक, सांस्कृतिक, शैक्षिक र वातावरणीय स्रोत लगायत ३४ वटा क्षेत्रका २१०० जना भन्दा बढी सदस्यहरू भेला भई चिनियाँ शैलीको आधुनिकीकरण लक्ष्यको कार्यभारलाई अघि बढाउने सन्दर्भमा नजर पुर्याउँदै विभिन्न राय-सुझाव पनि प्रस्तुत गरिरहेका छन्।
चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको प्रत्येक कार्यावधि ५ वर्ष हुन्छ र हरेक वर्ष एक चोटी पूर्ण अधिवेशनको आयोजना गरिन्छ। चालु वर्षको वार्षिक अधिवेशन अवधिमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले सुधारलाई अझ सम्पूर्ण रूपमा गहन पार्ने, उच्च गुणस्तरीय विकासलाई अघि बढाउने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण विषयहरूबारे विचार विमर्श गर्नुका साथै राय-सुझाव पनि प्रस्तुत गर्ने चाईना मिडिया ग्रुपले जनाएको छ ।