
काठमाण्डू । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन चीनको राजधानी पैचिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ ।
ली छ्याङ, प्रधानमन्त्री, जनवादी गणतन्त्र चीन
चिनियाँ राष्ट्रिय जनकंग्रेको १४ औं राष्ट्रिय समितिको तेस्रो अधिवेशन उद्धघाटन समारोहमा चीनका प्रधानमन्त्री ली छ्याङले राज्य परिषद्को तर्फबाट सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सो प्रतिवेदनमा प्रधानमन्त्री ली छ्याङले सन् २०२४ मा भएका कामका उपलब्धिहरूलाई व्यवस्थित रूपमा सारांश गर्दै सन् २०२५ का लागि आर्थिक तथा सामाजिक विकास लक्ष्यहरू र प्रमुख कार्य व्यवस्थाहरू स्पष्ट पारिएको जानकारी उल्लेख गर्नुभयो ।
प्रतिवेदनले सन् २०२५ का लागि मुख्य अपेक्षित विकास लक्ष्यहरू प्रस्ताव गरेको छ । लगभग ५ प्रतिशत जीडीपी वृद्धि; शहरी सर्वेक्षण गरिएको बेरोजगारी दर लगभग ५.५ प्रतिशत र १ करोड २० लाख भन्दा बढी नयाँ शहरी रोजगारी; उपभोक्ता मूल्य वृद्धि लगभग २%; जनताको आय र आर्थिक वृद्धि, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन; ७ खर्ब किलोग्राम अन्न उत्पादन; जिडिपिको प्रति एकाइ ऊर्जा खपत लगभग ३%ले ऋणात्मक र पारिस्थितिक वातावरण गुणस्तरमा निरन्तर सुधार गरिने जस्ता विषयहरु प्रतिवेदनमा उल्लेख गरिएका छन् ।
प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विज्ञहरूले विश्लेषण गर्दै यस वर्षको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर निर्धारण गर्दा, चीन सरकारले रोजगारी स्थिरता र जोखिम रोक्न आर्थिक वृद्धिको समर्थन गर्नु आवश्यक रहेको, हालको आर्थिक पुनप्र्राप्ति स्पष्ट रूपमा बढिरहेको, उपभोग र सांस्कृतिक पर्यटन जस्ता क्षेत्रहरूले बलियो प्रदर्शन गरिरहेका हुनाले सरकारी लक्ष्य प्राप्त गर्ने आधार प्रदान गरेको बताएका छन् । सीएमजी