
रे समाचार/ काठमाडौं । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से घटेसँगै परिसूचक २८०० विन्दुभन्दा तल झरेको छ ।
आज नेप्से परिसूचक ४६.३३ अंक घटेर २७७२.१० विन्दुमा झरेको छ । आज कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १० अर्ब १० करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब १२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको करिब ६० करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ ।