RayNewsDaily
पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकको जुलुस सहित स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह । फाइल फोटो

रे समाचार/काठमाडौं । एक साता लामो पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आउँदा राजा पक्षाधरहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै जुलुस सहित स्वागत गरेका छन् । पोखराबाट आज अपरान्ह पूर्वराजा शाह त्रिभुवन विमानस्थल आइपुग्नु भएको हो । विमानस्थलको द्वारमा उहाँका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

RAjendra-lingden-1-1741517236.jpgस्वागतमा त्रिभुवन विमानस्थल पुग्नुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायत ।


पूर्वराजालाई स्वागत गर्न दिउँसोदेखि नै राजापक्षधरहरू विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुभएको थियो ।

राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ । नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update