RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक आज २०.६८ अंक घटेर २७५१.४२ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ६.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७३ करोड ५० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको ७३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको करिब ३५ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update