RayNewsDaily
शेयर बजारमा गिरावट जारी

रे समाचार/काठमाडौं । पछिल्ला ६ दिनदेखि घटिरहेको शेयर बजारमा आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३२.२१ अंक घटेर २७१९.२० विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज महालक्ष्मी विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ६.६९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ६५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ५३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update