
काठमाण्डू । चिनियाँ क्रान्तिकारी राजनेता तथा गणतन्त्र चीनका संस्थापक सुन यात–सेनको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा आज चीनको राजधानी पैचिङमा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।
उहाँको सम्मानमा पैचिङको मध्यभागमा रहेको चोेङ्सान पार्कमा आयोजित समारोहमा चीनको राजधानीका सबै सामाजिक क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । उपस्थित महानुभावहरुले स्थानीय समय अनुसार आज बिहान १०ः३० बजे एक मिनेट मौन धारण गरेपछि नेता सुन यात–सेनको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए । श्रद्धाञ्जलि सभामा उनीहरुले नेता सुन यात–सेनको सेतो रंगको सालिक अगाडि तीन पटक निहुरिएर सम्मान व्यक्त गरेका थिए भने केही प्रतिनिधिले फूलले भरिएका सुन्दर टोकरीहरु अर्पण गरेका थिए ।
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष तथा चिनियाँ क्वोमिन्ताङ पार्टीका केन्द्रीय परिषद्का क्रान्तिकारी समितिका कार्यकारी उपाध्यक्ष ह पाओ स्याङले समारोहको अध्यक्षता गर्नुभएको थियो । सन् १८६६ मा जन्मनु भएका क्रान्तिकारी नेता सुन यात–सेनको निधन सन् १९२५ मा भएको थियो । सन् १९११ को क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाकै कारण चिनियाँ जनतामाझ उहाँलाई चीनको लोकतान्त्रिक क्रान्तिका महान् अग्रगामीका रूपमा चिनिन्छ । सीसीटिभी