
रे समाचार/काठमाडौं । हिजो घटेर बन्द भएको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०.१४ अंक घटेर २७०४.७० विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशतले वृद्धि भएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । महालक्ष्मी विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ५.६३ प्रतिशतले र घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ ।