RayNewsDaily
शेयर बजारमा निरन्तर गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब साढे ७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको शेयर ७ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ९.२० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २३ करोडको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १७ करोडभन्दा बढीको शेयर खरिदबक्री भएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update