पैचिङ । चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले चीनले सकेसम्म श्रीलंकालाई आर्थिक तथा सामाजिक सहयोग गर्ने बताउनु भएको छ।
जुलाइ १२ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले उक्त कुरा बताउनुभएको हो। हाल श्रीलंकाका वित्त मन्त्रीले चीनको भ्रमण गरी चीनको आयात-निर्यात बैङ्क र चीनको राष्ट्रिय विकास बैङ्कसँग वार्ता गर्नुभएको छ। श्रीलंकाको ऋण राहत विषय सम्बद्ध वार्ताको पछिल्लो अवस्थाबारे चर्चा गर्दै प्रवक्ता वाङ वनपिनले चीन र श्रीलंका असल भाइ-दाजु, साझेदारी र मित्र रहेको भन्दै दुई देशबीच लाभ पूरक हुनुका साथै सहयोगको भविष्य उज्यालो भएको उल्लेख गर्नुभयो।
छिमेकीसँग मित्र बनाउने छिमेकी कुटनीतिमा चीन अडिग रहेर र सकेसम्म श्रीलंकालाई आर्थिक तथा सामाजिक सहयोग गर्ने प्रवक्ता वाङले बताउनुभयो।