RayNewsDaily
नेपालले पाकिस्तान ए सँग खेल्दै  

कोलोम्बो । एसिसी इमर्जिङ कपमा आज नेपालले पाकिस्तान ए सँग खेल्दैछ । खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । 

नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नु हुने छ । नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीबाट बाहिर हुनु हुन्छ ।  त्यसैले आज टोलीमा युवा खेलाडीले मौका पाउने देखिन्छ ।

दीपेन्द्र नहुँदा नेपालले पवन सरार्फलाई मौका दिनसक्छ । सन्दीप नहुँदा मौसम ढकाल वा सूर्य तामाङ मध्य एकले मौका पाउनु हुने छ । आरिफको स्थानमा सन्दीप जोरा खेल्ने सम्भावना छ । करण केसीको स्थानमा किशोर महतोले मौका पाउने सम्भावना देखिन्छ । नेपाल विना दबाब खेल्नु पर्ने हुन्छ । पाकिस्तानको सिनियर टोलीका नियमित तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको बल खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन । यी दुई बाउन्स र गतीका लागि चिनिन्छन् ।

अघिल्लो साता विश्वकप छजोटमा सर्ट बलमा नेपाली ब्याटरले संघर्ष गरेका थिए । त्यो कमजोरी यस प्रतियोगितामा सुधार गर्नुपर्ने हुन्छ । पाकिस्तानी बलर सर्ट बलका लागि माहिर छन् । नेपालसँग खेल्ने पाकिस्तान ए को टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन् । उपाधिको प्रमुख दाबेदार पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update