RayNewsDaily
शेयर बजारमा ३३ अंकको गिरावट

रे समाचार/काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीतिका कारण विश्व शेयर बजारमा गिरावट आइरहेको बेला नेपाली शेयर बजारमा पनि आज उच्च अंकको गिरावट आएको छ । 

शेयर बजार मापक नेप्से परिसूचक आज ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशतले बढेको छ । यसैगरी, बुटवल पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सिन्धु विकास बैंक र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य आज सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५० करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update