RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । २०८२ सालको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । गत आइतबार ६ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज बाराही हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको ३६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update