RayNewsDaily
चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा        
राजधानी नोम पेन्हको विमानस्थलमा चिनियाँ राष्ट्रपति सी चिनफिङ(बायाँ)लाई स्वागत गर्दै  कम्बोडियाका राजा नरोद्धम सिहामोनी । तस्वीर : एजेन्सी

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले जनाएको छ ।     
     
स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्कोडिया पुग्नु भएको हो । बिहीबार नोम पेन्हको विमानस्थलमा उहाँलाई सैन्य स्वागतसहित राजा नरोद्धम सिहामोनीले स्वागत गर्नु भएको थियो ।     

राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उहाँका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो ।     
     
xi-cambodia-1744877407.JPGचीनका राष्ट्रपति सी चिनफीङलाई विमानस्थलमा भव्य स्वागत गर्दै कम्बोडियाली नागरिक । तस्वीर : रोयटर्स

नोम पेन्ह एसियामा चीनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपूर्ण र मित्रताको प्रतीकको रुपमा वर्णन गर्नु भएको छ । उहाँले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताउनु भएको छ । यसै क्रममा उहाँले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले महत्वपूर्ण भूमिका खेलेको पनि बताउनु भएको छ । उहाँका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदैछन् ।     
     
चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणा पछि विश्व व्यापी रुपमा यस विषयमा बहस र चर्चा भइरहेको छ । कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेख्नु भएको छ । एएफपी

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update