
रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजार आज भने घटेको छ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार साढे १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ७.३३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ५७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको कारोबार रकम साढे ५६ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले वृद्धि भएको छ ।