RayNewsDaily
राप्रपाका अध्यक्ष लिङदेन सहित तीन जना नेता पक्राउ    

रे समाचार/काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।     
     
उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।

 सिंहदरबारबाट पक्राउ परेका राप्रपाका नेताहरूलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update