RayNewsDaily
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा        
अमेरिकी उपराष्ट्रपति जेडी भान्स नयाँ दिल्लीको विमानस्थलमा आइपुगेपछि विमानबाट ओर्लदै । फोटो : एएफपी

नयाँदिल्ली । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गर्नुभएको छ । उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।     
     
परिवारसँगै भारत भ्रमणमा आउनुभएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गर्नुभयो ।     
     
आजै उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले बताउनुभएको छ ।     
     
उहाँले साँझ ६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँकै निवासमा भेट्ने कार्यक्रम छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।     
     
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको थियो ।     
     
नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मङ्गलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । एएनआई

 

 


 
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update