RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ ।शेयर बजार मापक नेप्से परिसूचक आज ७.७५ अंक घटेर २६९८.२८ विन्दुमा झरेको छ ।

 नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९.८० प्रतिशतले वृद्धि भएको छ ।  

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनिभर्सल पावर कम्पनीको करिब साढे ५२ करोडको शेयर खरिदबिक्री भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे ४३ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update