RayNewsDaily
ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा    

रे समाचार/काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुग्नुभएको छ ।     
     
एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई धन्यवादसमेत दिनुभयो । उहाँ नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा नेपाल आउनुभएको हो ।     
     
कार्लोसले बुधबार दशरथ रङ्गशालामा हुने पोखरा र धनगढीबीच हुने दोस्रो क्वालिफायरको खेल हेर्न जाने तय भएको । सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाडी हुनुहुन्थ्यो । त्यसअघि ब्राजिलले सन् १९९८ मा विश्वकप फुटबलको फाइनल खेल खेल्दा पनि कार्लोस आफ्नो टोलीको मुख्य खेलाडी रहनुभएको थियो  । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update