RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ बर्अ ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज पनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । दोस्रो बजारमा सूचीकृत भएदेखि यी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

यसैगरी, मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन पावर पार्टनरको करिब ४१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update