RayNewsDaily
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध        

खाँदबारी (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।     
     
आज बिहान मकालु गाउँपालिका-३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update