RayNewsDaily
प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट        

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।     
     
विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उहाँको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

carlos-oli-1745398006.jpg
    
प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update