
हिरण्यलाल श्रेष्ठ, वरिष्ठ लेखक तथा परराष्ट्रविद्
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयका समाचारहरु विश्वभरी फैलिरहँदा अनेकौं टिकाटिप्पणी र तर्कवितर्क भैरहेका छन् । ट्रम्प प्रशासनले साँच्चिनै एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेको हो भने यस विषयमा गम्भिर समिक्षा आवश्यक हुन्छ ।
आधिकारीक रुपमा अमेरिकी सरकारको धारणा सार्वजनिक नभएसम्म यसै हो भन्ने अवस्था देखिन्न । यद्यपी अमेरिका भित्र समय समयमा सरकार विरुद्ध ठूला ठूला प्रदर्शनहरु भैरहेका छन् । अमेरिकाले विश्वभरी आफ्नो हैकम स्थापीत गर्ने नीतिका कारण अमेरिकी अर्थतन्त्र र जनधनको क्षती भैरहेको जनताको गुनासो छ । चीन, रुस, उत्तर कारिया, भेनेजुलयता जस्ता मुलुकहरुमाथिको अमेरिकी दृष्टि अमेरिकी हित विपरीत रहेको जनताको धारणा छ ।
रुससँगको युद्धमा युक्रेनलाई आर्थिक तथा सामरिक सहयोग दिँदा अमेरिकी अर्थतन्त्र अत्यन्त कमजोर भएको छ । विश्वका विभिन्न देशहरुलाई प्रभावमा पार्ने अमेरिकी नीति अमेरिकाकै लागि दूभाग्यपूर्ण रहेको छ । विभिन्न देशका प्राकृतिक स्रोत साधनमाथि कब्जा गरेर अमेरिकालाई धनी बनाउने अमेरिकी नीति गलत भएको राष्ट्रपति ट्रम्पको धारणा रहेको जस्तो देखिन्छ । अब आफ्नो देशलाई संरक्षण नगर्ने हो भने अमेरिकी सरकारले ठूलो क्षती व्यहोर्नुपर्ने राष्ट्रपति ट्रम्पको मनसाय देखिन्छ । त्यसैले एससीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णय अमेरिकाको शक्ति र अर्थतन्त्र कमजोर हुँदै गएको एउटा उदाहारण हो । अहिले राष्ट्रपति ट्रम्प मुलुकको संरक्षण र विकासमा लागेको जस्तो पनि देखिन्छ । यो महत्वपूर्ण कुरो हो । किनकी आन्तरिक स्रोत साधनलाई सदूपयोग गर्दै अमेरिकालाई अझ शसक्त बनाउने ठूलो चुनौती वर्तमान सरकारमा छ । यो कुरो राष्ट्रपति डोनाल्ड ट्रम्पले राम्ररी बुझेका छन् ।
विभिन्न देशका प्राकृतिक स्रोत साधनमाथि कब्जा गरेर अमेरिकालाई धनी बनाउने अमेरिकी नीति गलत भएको राष्ट्रपति ट्रम्पको धारणा रहेको जस्तो देखिन्छ । अब आफ्नो देशलाई संरक्षण नगर्ने हो भने अमेरिकी सरकारले ठूलो क्षती व्यहोर्नुपर्ने राष्ट्रपति ट्रम्पको मनसाय देखिन्छ । त्यसैले एससीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णय अमेरिकाको शक्ति र अर्थतन्त्र कमजोर हुँदै गएको एउटा उदाहारण हो ।
अर्कोतिर हेर्ने हो भने विगतमा जस्तो अब आफ्नो प्रभाव विश्वभर कायम गर्न सकिन्न भन्ने अमेरिकी निर्णयहरुले संकेत गरिरहेका छन् । यत्तिवेला विश्व नै अमेरिकी हैकमबाट आक्रान्त छ । अब नेपालले पनि आफ्नो आत्मनिर्भरता तिर लाग्नु आवश्यक छ । अब हामीले अन्य देशको सहयोग लिएर मात्र होइन आफ्नै सोच र योजनाबाट मुलुकलाई वलियो बनाउने अभियानमा लाग्नु आजको आवश्यकता हो ।
अमेरिकी निर्णयले विश्वभर आर्थिक तथा राजनीतिक संकट एकसाथ आउँने देखिन्छ । त्यसैले नेपालले आफ्नो भूराजनीतिक परिस्थितीलाई विचार गरेर योजनाहरु बनाउनुपर्छ । विदेशी सहयोग वा दात्री निकायहरुको मात्र भरपर्ने र रेमिटान्सबाट मात्र मुलुक चलाउन सकिन्छ भन्ने सोच राख्ने हो भने त्यो भन्दा ठूलो दूभाग्य अरु केही हुन सक्दैन । अत्यन्त तरल रुपमा सञ्चालन भैरहेको विश्व राजनीति जुनसुकै देश र क्षेत्रमा पनि ठोकिएर ठूलो दुर्घटनामा पुग्न सक्ने पनि हुन सक्छ । त्यसैले हामीले मुलुकको स्वाधिनता र विश्व परिवेश हेरेर आफ्ना व्यवहारहरुलाई सच्याउँदै अघि बढ्नु आवश्यक छ ।
कुनै पनि देशले प्रदान गर्ने आर्थिक तथा प्राविधिक सहयोग नेपालले स्विकार गर्न सक्छ तर त्यसमा मुलुकको स्वाधिनता र स्वतन्त्रतामाथि आँच आउनु हुन्न ।