RayNewsDaily
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायम   

काठमाण्डू ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको     
    
महाशाखाका अनुसार आज दिउँसो कोशी मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने मधेस प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा हिमपातको सम्भावना     
    
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने कोशी मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कोशी, गण्डकी कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना   रासस  

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update