RayNewsDaily
चीनका प्रधानमन्त्री ली छ्याङ र अमेरिकी राष्ट्रपतिका जलवायु समस्या सम्बन्धी विशेष दूतबीच भेटघाट

पैचिङ । चीनका प्रधानमन्त्री ली छ्याङले जुलाई १८ तारिख पैचिङमा अमेरिकी राष्ट्रपतिका जलवायु समस्या सम्बन्धी विशेष दूत जोह फोर्बस केरीसँग भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा प्रधानमन्त्री ली छ्याङले गत वर्ष राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच बाली टापुमा भेटघाट सम्पन्न भएपछि महत्वपूर्ण मतैक्य प्राप्त भएकाले चीन-अमेरिका सम्बन्धको विकासका लागि सही दिशा देखाएको बताउनुभयो। चीन अमेरिका दुवै देशले निरन्तर रूपमा सहकार्य भावनालाई कायम राख्दै पेरिस सम्झौतालाई सम्पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्याभूति दिनसक्ने आशा पनि प्रधानमन्त्री ली छ्याङले व्यक्त गर्नुभएको छ।

 प्रत्युत्तरमा विशेष दूत केरीले चीनसितको सहकार्यलाई सबल पारी सँगै मिलेर जलवायु परिवर्तन लगायतका विविध जरूरी विश्वव्यापी चुनौतीको सामना गर्दै जान अमेरिका इच्छुक रहेको कुरा बताउनु भएको छ। सिएमजी

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update