पैचिङ । जुलाई १७ तारिख चाइना मिडिया ग्रुप अर्थात सीएमजीको सांस्कृतिक कार्यक्रम ‘चीनको सुलेखन महाधिवेशन’को दोस्रो सिजन सञ्चालन समारोह पैचिङमा आयोजित भएको छ।
चीनको सञ्चार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका प्रमुख शन हाई स्यौङले समारोहको अध्यक्षता गर्नुभएको छ। उहाँले चिनियाँ संस्कृति संघका उपाध्यक्ष सु यौङ चुन र चिनियाँ सुलेखन संघका अध्यक्ष सुन स्याउ युनसँग ‘चीनको सुलेखन महाधिवेशन’ दोस्रो सिजन सञ्चालन गर्नुभएको हो।
‘चीनको सुलेखन महाधिवेशन’को पहिलो सिजनमा चिनियाँ सुलेखन विकास उद्गम केन्द्रित चिनियाँ सुलेखन इतिहासमा उत्कृष्ट प्रतिनिधित्व भएका १८ वटा रचना प्रदर्शन गरेर संगीत, नृत्य, नाटक आदि तरिकाबाट यी सुलेखन प्रदर्शन गरिएको हो।
सीएमजीका प्रमुख शन हाई स्यौङले चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ संस्कृतिको बिँडो थाम्ने काममा ध्यान दिएर चिनियाँ जातिको आधुनिक सभ्यताको स्थापना गर्ने विचारधारको प्रस्तुत गर्नुभएको बताउनुभएको छ। सीएमजीले अझ बढी चिनियाँ सभ्यतालाई प्रदर्शन गरिने रचनाको प्रसारण गर्दै जाने प्रमुख शनले उल्लेख गर्नु भएको छ। सीएमजी