RayNewsDaily
शेयर बजारमा आज पनि ठुलै गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार घटेरै बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार मापक नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबारदेखि ओरालो लागेको नेप्सेले यी ४ दिनमा १०० अंक गुमाएको छ । मौद्रिक नीतिमा भएको नयाँ व्यवस्थाले गर्दा नेप्से दैनिक ओरालो लागिरहेको हो । आज नेप्से परिसूचक २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ । आज २७१ स्टकको ४४ हजार ६७२ पटकको कारोबारमा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य सर्वाधिक ७.३९ प्रतिशत बढेको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ्ग नेपाल र अभियान लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । किसान लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.६८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको साढे १० करोडको शेयर कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ । त्यसैगरी वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update