RayNewsDaily
वर्ल्ड युनिभरसिटी गेमको पूर्वसन्ध्यामा भव्य सांगीतिक कार्यक्रम

रमेश हतुवाली/छन्तु, चीन । सछुवान प्रान्तको राजधानी छन्तु शहरमा आजबाट भव्य रुपमा सुरु हुन लागिरहेको विश्व भरिका विश्व विद्यालयहरुको सहभागीता रहने वर्ल्ड युनिभरसिटी गेम (फिसु गेम) को पूर्वसन्ध्यामा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । 

FISU Music Night 2023, 27 July 31690520475.jpg

मिडिया सेन्टरको छैठौं तलामा आयोजना भएको सो भव्य सांगीतिक कार्यक्रममा चीनको सछुवान प्रान्तको विश्व विख्यात चिया संस्कृति, विभिन्न नृत्यहरु, डिजेको भव्य ताल, सोमरस अनुपम स्वादमा विश्वका विभिन्न देशहरुबाट प्रतिनिधित्व गर्दै आएका दर्जनौं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सो सांगीतिक साँझमा नेपाल, नाइजेरिया, चीन, इरान लगायतका देशका प्रतिनिधिहरुले एकआपसमा हातेमालो गर्दै विश्व शान्ति, भातृत्व, एकता र मैत्रीका लागि वल्र्ड युनिभरसिटी गेम (फिसु गेम) ले नयाँ सन्देश दिने उद्घोष गरे । साथै उनीहरुले चिनियाँ संगीतको तालमा आ-आफ्ना प्रस्तुतिहरु देखाएका थिए ।

FISU Music Night 2023, 27 July 11690520783.jpg

उक्त समारोहमा सहभागी सञ्चारकर्मीहरु कोही चिनजान गर्न व्यस्त देखिन्थे भने कोही चिनियाँ रक्सीको चुस्की लगाइरहेका थिए, कतै कतै भने वर्षायामको मीठो फल लिचिको स्वाद लिनेहरुको फरक उत्साह देखिन्थ्यो । उनीहरु सछुवान प्रान्तको लु चौ क्षेत्रको लिचिको खुलेरै प्रशंसा गरिरहेका देखिन्थे ।

FISU Music Night 2023, 27 July 61690521005.jpg

निरन्तर झरी परिरहे पनि केही फोटो पत्रकार भने भिजेरै भए पनि वल्र्ड युनिभरसिटी गेम (फिसु गेम) को उद्घाटन हुने इन्द्रेणी रंगमा चम्किरहेको मुख्य स्टेडियमको फोटो लिन व्यस्त थिए । 

FISU Music Night 2023, 27 July 21690520864.jpg

लु चौ शहरबाट समाचार संकलनका लागि छन्तु आउनु भएका पत्रकार लिउ चोङवेइले विश्वभरिका सञ्चारकर्मीहरुसँग साक्षात्कार हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो, यस भब्य खेलकूद समारोहमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका खेलाडी, पत्रकार र दर्शकहरुले चीनमा भइरहेको खेलकूदको तिब्र विकास, पर्यावरण संरक्षणमा चीन सरकारले दिएको महत्त्व लगायतका विषयहरुलाई विश्वभरी पुर्याउने विश्वास गर्नुभयो ।

FISU Music Night 2023, 27 July 41690521122.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update