RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको गिरावट

रे समाचार/काठमाडैं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेकमो छ । केही दिनदेखि घट्दो क्रममा रहेको बजारले आज पनि त्यसै गतिलाई निरन्तरता दिएको हो । मौद्रिक नीतिपछि लगातार घट्न थालेको नेप्स सूचक पाँच कारोबार दिनमा नै १२६.८१ अंकले घटेको छ । मौद्रिक नीतिको भोलिपल्टदेखि नै घट्न थालेको नेप्से आज आइतबार पनि उच्च अंकले घटेर बन्द भएको ५ ।

आज शेयर बजार मापक नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा २६६ स्टकको ४६ हजार ३२७ पटकको कारोबारमा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । २२०० विन्दुमाथि पुगेको नेप्से सूचक पछिल्लो पाँच दिनदेखि लगातार घट्दो क्रममा छ । आज नेप्से सूचकले २१०० को सपोर्ट परिक्षण गरेको छ ।

कारोबार समयमा २१०० तल झरेको भए पनि अन्तिममा भने २१०० विन्दुमाथि नै बन्द भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १८ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा पिपुल्स पावरको शेयरमूल्य सबैभन्दा धेरै ३.५६ प्रतिशतले बढेको छ भने सुपर माई हाइड्रोपावरको ३.०६ प्रतिशत र सिनर्जी पावरको १.८० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.७८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको ५.१४ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ११ करोड ९९ लाख, एभरेष्ट बैंकको १० करोड २० लाख र हिमालयन डिस्टिलरीको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update