दक्षिणी मेक्सिकोका एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या
आइतबार, असार ९, २०८१
इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन
आइतबार, असार ९, २०८१
सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।
दिल्लीका मुख्यमन्त्रीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जमानत
शुक्रबार, असार ७, २०८१
बिहीबार साँझ आदेश जारी भएपछि आदेशलाई पुनरावेदन गरी चुनौती दिन सकियोस् भनी ईडीले जमानतपत्रमा हस्ताक्षर गर्न ४८ घण्टापछि सार्न अनुरोध गरेको थियो । न्यायाधीशले उक्त आदेशमा रोक लगाउन अस्वीकार गरेका थिए । जमानतपत्र आज न्यायाधीश समक्ष पेश गरिनेछ ।
उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा
बिहीबार, असार ६, २०८१
नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लामले हनोईस्थित राष्ट्रपति भवनमा स्वागत गर्नुभएको थियो । उहाँले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ ।
विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि
बुधबार, असार ५, २०८१
साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मङ्गलबार डिस्चार्ज गरिएको जनाएको छ । पञ्चानब्बे वर्षीय चोम्स्कीलाई ब्राजिलमा मस्तिष्काघातपछि अस्पताल भर्ना गरिएको थियो ।
अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ
सोमबार, असार ३, २०८१
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई क्यानबेराको संसद भवनमा भव्य स्वागत गरिएको थियो ।
साताको लोकप्रीय