अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा    
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा     धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा हुनुहुन्छ । न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ । छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ ।
इरानसमर्थित नयाँ खतराको सूचनापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
इरानसमर्थित नयाँ खतराको सूचनापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता दक्षिण-पश्चिम बेलायतस्थित उक्त हवाई आधारमा सेप्टेम्बर २७ मा स्थानीय किसानले धेरैवटा भ्यानमा आएका मानिस शङ्कास्पद गतिविधिमा संलग्न रहेको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घटनापछि आतङ्कवादविरोधी अनुसन्धान सुरु गरिएको थियो भने हवाई आधारनजिकका ८५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
पाकिस्तानमा इमरान खानको रिहाइ माग्दै पाँच हजारभन्दा बढी समर्थकको इस्लामावादतर्फ मार्च
पाकिस्तानमा इमरान खानको रिहाइ माग्दै पाँच हजारभन्दा बढी समर्थकको इस्लामावादतर्फ मार्च भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा रहनुभएका खान र उहाँको पार्टीले ती अभियोग राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । कारावासमा रहे पनि खानले ठूलो जनसमर्थन कायम राख्नुभएको छ ।
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा ८० वर्षीय लुला सातौँ पटक राष्ट्रपति पदका लागि चुनाव लडिरहनुभएको छ । उहाँ चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ । ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ ।
उत्तर कोरियाले एआईयुक्त क्षेप्यास्त्र परीक्षण गरेको दाबी
उत्तर कोरियाले एआईयुक्त क्षेप्यास्त्र परीक्षण गरेको दाबी सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ ।
पाकिस्तानलाई १९ रनले हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई १९ रनले हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।
फ्लाइदुवईका पाइलट स्मित मच्छरको विश्वभर प्रशंसा, मोदीदेखि ट्रम्पसम्मले गरे साहसको सराहना
फ्लाइदुवईका पाइलट स्मित मच्छरको विश्वभर प्रशंसा, मोदीदेखि ट्रम्पसम्मले गरे साहसको सराहना विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य रहेको र घटनापछि विमानलाई साउदी अरबको तबुकतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको विवरण सार्वजनिक भएको छ । फ्लाइदुवईले भने घटनालाई ककपिटभित्र भएको ‘सुरक्षा घटना’ तथा चालक दलको हस्तक्षेपबाट सुरक्षित रूपमा विमान अवतरण गराइएको जनाएको छ ।
Weather Update