भारतमा मतदाता सूची विवादमा प्रदर्शन चर्कियो, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग
शुक्रबार, असोज १६, २०८३
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, महिला र बालबालिकासहित नौ जनाको मृत्यु
बिहीबार, असोज १५, २०८३
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका तीनवटा घर ध्वस्त भएको बताउनुभएको छ । उहाँले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताउनुभएको छ ।
जनवादी गणतन्त्र चीनको ७७औँ स्थापना दिवसमा थियान आनमन स्क्वायरमा भव्य झण्डोत्तोलन
बिहीबार, असोज १५, २०८३
आणविक हतियारमुक्त विश्वका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान
बुधबार, असोज १४, २०८३
आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूलाई यसको प्रयोग रोक्न वार्तामा फर्कन आग्रह गर्दै उहाँले अर्को आणविक हतियारको दौड रोक्न दशकौँदेखि कायम रहेको विश्वव्यापी प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
बहुपक्षवादप्रति बढ्दो अविश्वास, संयुक्त राष्ट्रसङ्घको भूमिकामाथि प्रश्न
मंगलबार, असोज १३, २०८३
सोमबार सम्पन्न महासभाको उच्चस्तरीय बैठकमा १५० भन्दा बढी राष्ट्रका नेता तथा प्रतिनिधिले सम्बोधन गरेका थिए । एल साल्भाडोरका विदेशमन्त्री अलेक्जान्ड्रा हिल टिनोकोले संयुक्त राष्ट्रसङ्घ अझै सान्दर्भिक छ कि छैन भन्ने प्रश्न उठाउनुभएको थियो ।
रुसमाथि थप कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
सोमबार, असोज १२, २०८३
रुसले तनाव कम गर्ने दिशामा अघि बढिरहेको दाबीप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले त्यस्तो तयारी भए किएभमा यति ठूलो ड्रोन आक्रमण नहुने बताउनुभयो । उहाँले रुसले कूटनीतिक सङ्केतमार्फत युद्धप्रतिको अन्तर्राष्ट्रिय प्रतिक्रियामा ढिलाइ गराउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।
भारतमा बाढी-पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेशमा ठूलो क्षति
आइतबार, असोज ११, २०८३
भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी तथा वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
बैंककमा भीषण बाढी, हजारौँ मानिस विस्थापित
आइतबार, असोज ११, २०८३
बैंकक महानगर प्रशासनका अनुसार करिब चार हजार नौ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन् । बाढीपछि राजधानीका विभिन्न क्षेत्रमा विपद् घोषणा गरिएको छ ।
रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति
आइतबार, असोज ११, २०८३
रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले शनिबार जनाएअनुसार पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार सेवामा उल्लेख्य असर पारेको छ । डेटा सेन्टरमा भएको क्षतिका कारण इन्टरनेटसम्बन्धी सेवामा अवरोध देखिएको रुसी पक्षले जनाएको छ ।
एआईको नाम ‘सुपर इन्टेलिजेन्स’ राख्ने ट्रम्पको निर्णयलाई चीनको समर्थन
शनिबार, असोज १०, २०८३
चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिने घोषणा गर्नुभएको थियो ।
साताको लोकप्रीय

